माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने

काठमाडौं, साउन १७ : माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ।
आज बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी निर्णय गरेको हाे।
आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा समिति विस्तारका लागि विधान संशोधन प्रस्ताव पेस हुँदैछ। केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि थप गर्नेकाे नाम बैठकमा पेस गर्ने जनाइएकाे छ।
आज प्रज्ञा भवन कमलादीमा सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पाँच दिन चल्ने बताइएकाे छ। साे बैठककाे प्रत्यक्ष प्रसारण नगर्ने निर्णय भएकाे पनि जनाइएकाे छ।
बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रस्ताव पेस ग र उक्त प्रस्तावमाथि सबै केन्द्रीय सदस्यले धारणा राख्ने बताइएकाे छ।











