Kathmandu Press

प्रधानमन्त्रीका ज्वाइँले मन्त्री दाबी गरेपछि मुख्यमन्त्री थापाको शपथ ग्रहण सर्‍यो

माओवादी संसदीय दलले गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा शपथग्रहण गराउने निर्णयमा पुगिसकेको बेला आचार्यले आफू नै मन्त्री बन्ने दाबी गरेपछि विवाद भएको हो।
प्रधानमन्त्रीका ज्वाइँले मन्त्री दाबी गरेपछि मुख्यमन्त्री थापाको शपथ ग्रहण सर्‍यो

मोरङ, साउन १७ : नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण सरेको छ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालको ज्वाइँ जीवन अचार्यले पुनः मन्त्रीमा दाबी गरेपछि बुधबार बिहान हुने भनिएको थापाको शपथ ग्रहण बेलुका ५ बजेका लागि सारिएको हो।

मुख्यमन्त्री थापाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीका १–१ जनालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए।

माओवादीले सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णय गरेको थियो। तर, अन्तिम समयमा प्रधानमन्त्रीका ज्वाइँ आचार्यले मन्त्रीमा दाबी गरेपछि शपथ ग्रहण सरेको हो। आचार्य यसअघिका दुवै सरकारमा मन्त्री थिए।

माओवादीभित्र मन्त्री छनोटमा भएको ढिलाइ र मन्त्रिपरिषद्को कार्यविभाजनमा समय लाग्ने भएकाले शपथग्रहण कार्यक्रम सारिएको नवनियुक्त मुख्यमन्त्री थापाले बताए। अहिले गठबन्धन दलको बैठकले कार्यविभाजनको निर्णय गर्ने उनले बताए।

माओवादी संसदीय दलले गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा शपथग्रहण गराउने निर्णयमा पुगिसकेको बेला आचार्यले आफू नै मन्त्री बन्ने दाबी गरेपछि विवाद भएको हो।

कांग्रेसबाट अघिल्लो सरकारमा बिनाविभागीय मन्त्री रहेका प्रदिपकुमार सुनुवार र समाजवादी कमलप्रसाद जबेगु मन्त्रीमा जाने दलहरूले जनाएका छन्।

प्रकाशित मिति: ११:१० बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्