Kathmandu Press

माओवादी केन्द्रीय समिति बैठक आजदेखि, लाइभ गर्ने तयारी 

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगगठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयले जनाएको छ । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । 
माओवादी केन्द्रीय समिति बैठक आजदेखि, लाइभ गर्ने तयारी 

काठमाडौं, साउन १७ : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । 

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगगठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयले जनाएको छ । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । 

बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी १०० जना सहभागी हुनेछन् ।
 
माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ । बैठकको कार्यसूची लगायतलाई पूर्णता दिन आज बिहान माओवादीको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।

प्रकाशित मिति: ०७:३३ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्