Kathmandu Press

बढ्यो डिजेल, पट्रोल र मट्टितेलको मूल्य, ग्यासको मूल्य १३० रुपैयाँ घट्यो

निगमले स्वचालित प्रणालीअनुसार आज राति राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा ९ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर प्रतिलिटर ७ रुपैयाँ मूल्य बढाएकाे छ।
बढ्यो डिजेल, पट्रोल र मट्टितेलको मूल्य, ग्यासको मूल्य १३० रुपैयाँ घट्यो

काठमाडौं, साउन १६ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले स्वचालित प्रणालीअनुसार आज राति राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा ९ रुपैयाँ बढाएको छ।

यस्तै, निगमले डिजेल र मट्टितेल प्रतिलिटर प्रतिलिटर ७ रुपैयाँ बढाएको छ।

अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ। ठाउँअनुसार मूल्य फरक फरक छ ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ।

भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको हो।

प्रकाशित मिति: २१:०२ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्