Kathmandu Press

संघीय शिक्षा ऐन संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

मंगलबार सिंहदरबारमा बसेको बैठकले उक्त ऐनलाई संसदमा पेश गर्न स्वीकृत दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
संघीय शिक्षा ऐन संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, साउन १६ : सरकारले संघीय शिक्षा ऐन प्रतिनिधिसभामा पेशगर्ने निर्णय गरेको छ। सदनमा पेश गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले उक्त ऐनलाई संसदमा पेश गर्न स्वीकृत दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकमा लम्पीस्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषमया पनि छलफल भएको उनले बताइन् । सञ्चामन्त्री शर्माका अनुसार यससम्बन्धी अर्को बैठकले निर्णय गर्नेछ।

बैठकले विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गरेको छ। विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको उनले जानकारी दिइन्।

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्