टीआरसी विधेयक छिटो पारित गर्नुपर्नेमा कांग्रेसको जोड
उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई यथासिघ्र सदनबाट पारित गर्नुपर्ने अवस्था रहेको भन्दै विवादीत विषयमा समेत सहमति खोजिने उल्लेख गरे।
काठमाडौं, साउन १६ : नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक (टीआरसी) चाँडै पारित गर्नुपर्नेमा जोड दिएको छ।
सिंदरबारस्थीत संसदीय दलको कार्यालयमा कांग्रेस शीर्ष नेता, पदाधिकारी तथा सम्बन्धीत समितिमा रहेका सांसदहरूसँगको छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धीत कानूनलाई अघि बढाउन यसमा देखिएका जटिलता र बिषयवस्तुमा सहमति खोज्ने बिषयमा कुराकानी भएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई यथासिघ्र सदनबाट पारित गर्नुपर्ने अवस्था रहेको भन्दै विवादीत विषयमा समेत सहमति खोजिने उल्लेख गरे।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन हाल प्रतितिनिधिसभामा विचाराधीन छ । उक्त विधेयकको विवादित विषयमाथि हाल उपसमितिमा छलफल भइरहेको छ।
विश्वकर्माले सबैको स्वीकार्यमा नै कानून ल्याउने प्रयत्न भइरहेको बताए। त्यस्तै उनले सदनमा उठेको बिषयमा सरकार प्रष्ट पार्नुपर्ने र सदनको अवरोध हटाउनुपर्ने उल्लेख गरे।











