Kathmandu Press

लालबहादुरले पाए न्याय

९ महिनादेखि थुनामा रहेका इटहरी १९ वरमपुरका लालबहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले मंगलबार जिल्ला अदालतको आदेशलाई उल्टाउँदै थुनामुक्त गर्ने आदेश दिएको हो।
लालबहादुरले पाए न्याय

सुनसरी, साउन १६ : ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले न्याय पाएका छन्।

९ महिनादेखि थुनामा रहेका इटहरी १९ वरमपुरका लालबहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले मंगलबार जिल्ला अदालतको आदेशलाई उल्टाउँदै थुनामुक्त गर्ने आदेश दिएको हो।

न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलसले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङयाको २०७८ पुस १९ को आदेशलाई उल्टाउँदै लालबहादुरलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

तरहरास्थित सिंहदेवी ज्वेलर्सकासञ्चालक दीपक परियारको आदेशअनुसार पसलमा काम गर्ने विश्वकर्मालाई सञ्चालकले ठगी गरेको मुद्दामा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र ४ करोड ७१ लाख १६ हजार ७ सय २४ रुपैयाँ विगो तिर्नुपर्ने फैसला गरेको थियो। फैसलापछि उनी झुम्कास्थित कारागारमा छन्।

उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको मुद्दाको फैसला आज मंगलबार भएको हो। मंगलबार लालबहादुरको पक्षमा सांसद सोविता गौतमले पनि बहस गरेकी थिइएन्।

बिनाइजाजत वित्तीय कारोवार गरेको मुद्दामा सञ्चालक कृष्ण विश्वकर्मा र सीता विश्वकर्माले पनि सफाइ पाएका छन्। तर उनीहरुको हकमा ठगी मुद्दामा जिल्ला अदालतकै आदेशलाई उच्चले सदर गरेको छ।

प्रकाशित मिति: २०:०९ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्