Kathmandu Press

‘देश बनाउन नेता इमान्दार बन्नुपर्छ’

‘देश बनाउने भावनाले ओतप्रोत भएका छैनौँ, देश र जनातालाई केन्द्रविन्दुमा राखेका छैनौं, हाम्रो सम्मानमा कुनै ठेस लाग्ने काम भयो भने, नेपालीलाई त्यो स्वीकार्य हुँदैन।’
‘देश बनाउन नेता इमान्दार बन्नुपर्छ’

काठमाडौं, साउन १६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश बनाउने सवालमा नेता इमान्दार बन्नुपर्ने बताएका छन्।

अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटीद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरु नै देशप्रति इमान्दार नभएको बताए ।

उनले शीर्ष नेताहरुले देश र जनतालाई साक्षी राखेर इमान्दारिता कायम गर्नुपर्नेमा जोड दिए।

‘देशमा धेरै समस्या छन्, धेरै समस्यामध्ये पहिलो मसस्या भनेको बन्नुपर्ने जति इमान्दार भएका छैनौं,’ उनले भने, ‘देश बनाउने भावनाले ओतप्रोत भएका छैनौँ, देश र जनातालाई केन्द्रविन्दुमा राखेका छैनौं, हाम्रो सम्मानमा कुनै ठेस लाग्ने काम भयो भने, नेपालीलाई त्यो स्वीकार्य हुँदैन।’

राजनीतिक दलका नेताहरु जनताप्रति जवाफदेही हुने र देशप्रति इमान्दार हुनेभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित हुने गरेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ।

अध्यक्ष नेपालले पटक–पटकको सङ्घर्ष र बलिदानबाट  देशमा प्राप्त उपलब्धिमाथि कुठाराघात हुने खतरा बढ्दै गएको भन्दै त्यसलाई जोगाउनका निम्ति देशप्रेमी जनता एकजुट हुनुपर्नेमा जोड दिए।

‘संविधानले धेरैको मुद्दा सम्बोधन गरेको छ, धेरै ठूलो मेहनत गरेर बनाएको संविधानले धेरै अधिकार दिएको छ, संविधान लेखनमा कुनै कुरामा कमी नभए पनि कार्यान्वयनमा समस्या देखिएको छ, त्यसो हुनुहुँदैन,’ उनले भने। 

प्रकाशित मिति: १९:४४ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्