Kathmandu Press

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ।
संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार

काठमाडौं, साउन १६ : प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे थियाे।

अर्को बैठकमा बिहीबार अपरान्ह ५ बजे बस्ने तय भएको छ ।

उक्त बैठकबाट प्रधानन्यायाधीशसहित संवैधानिक निकायमा रिक्त अन्य पदमा समेत सिफारिस गर्ने सहमति भएको जनाइएको छ।

आगामी शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीश पदमा सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका थिए।

६५ वर्षे उमेरहदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की २० साउनदेखि अवकाश हुँदैछन्।

 

प्रकाशित मिति: १८:०९ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्