‘पीडित र साक्षीको फौजदारी मुद्दाका पीडितहरुलाई न्याय दिन कठिन’
प्रधानन्यायाधीश कार्कीले पीडित र पीडितका साक्षीको संरक्षणको विषय संविधानमा नै उल्लेख भए पनि उनीहरुको संरक्षण सार्थक रुपमा हुन नसकेको बताए।
काठमाडौं, साउन १६ : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितको साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरुलाई न्याय दिन कठिन भएको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पीडित र साक्षीहरुको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दामा न्याय दिन नसकिएको बताए।
प्रधानन्यायाधीश कार्कीले पीडित र पीडितका साक्षीको संरक्षणको विषय संविधानमा नै उल्लेख भए पनि उनीहरुको संरक्षण सार्थक रुपमा हुन नसकेको बताए।
पीडितको संरक्षण गर्न नसक्दा प्रतिकुल बकपत्र आउने गरेकाले न्याय दिन कठिनाइ भएको उनको भनाइ थियो। आर्थिक, सामाजिक र शैक्षिक रुपमा पीछडिएको कारणले पनि प्रतिकुल बकपत्र दिनुपर्ने अवस्थामा पीडितहरु पुग्ने गरेको उनले उल्लेख गरे।
प्रकाशित मिति: १७:४२ बजे, मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











