Kathmandu Press

उद्धव थापा पुनः बने मुख्यमन्त्री

४७ प्रदेश सभा सदस्यको समर्थनसहितको दाबीपछि प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
उद्धव थापा पुनः बने मुख्यमन्त्री

मोरङ, साउन १६ : नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुनः कोशी प्रदेशको नियुक्त भएका छन्।

संविधानको धारा १६८ (२) अनुसार कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। ४७ प्रदेश सभा सदस्यको समर्थनसहितको दाबीपछि प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

सत्तारुढ गठबन्धनले थापाको पक्षमा बहुमत पु¥याउन सभामुख बाबुराम गौमतलाई राजीनामा गराएको थियो। प्रदेश प्रमुख खापुङले बहुमतको सरकारका लागि दाबी पेश गर्न आज ५ बजेसम्मको समय दिएका थिए।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ। तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याएको हो। एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन्।

यसअघि सभामुख गौतमको हस्ताक्षरसहित मुख्यमन्त्री बनेका थापा सर्वोच्च अदालतले सरकार गठन प्रक्रिया खारेज गरेपछि पदमुक्त भएका थिए।

Pradesh-Sarkar-DAbi-Paper1690890359.jpg

प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्