Kathmandu Press

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक सुरु

आगामी शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीश पदमा सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन्।
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक सुरु

काठमाडौं, साउन १६ : प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ। आगामी शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीश पदमा सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन्।

संवैधानिक परिषदमा छलफलका लागि न्याय परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र मनोजकुमार शर्माको सूची पठाइसकेको छ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परा छ । सो अनुरुप संभवतः विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस हुने छन्।

६५ वर्षे उमेरहदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की २० साउनदेखि अवकाश हुँदैछन् । कार्कीको अवकाशसँगै सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या सातमा झर्ने भएको छ।

 

प्रकाशित मिति: १७:१८ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्