Kathmandu Press

गीतकार भट्टराईको ‘चुपचाप मन पराएँ’ सार्वजनिक

राष्ट्रिय नाचघरमा सात वटा गीतहरु संग्रहित गीति संग्रह वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापालगायतले विमोचन गरे।
गीतकार भट्टराईको ‘चुपचाप मन पराएँ’ सार्वजनिक

काठमाडौं, साउन १६ : गीतकार प्रमोद भट्टराई ‘प्रतीक’को पहिलो गीति संग्रह ‘चुपचाप मन पराएँ’ सार्वजनिक भएको छ।

राष्ट्रिय नाचघरमा सात वटा गीतहरु संग्रहित गीति संग्रह वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापालगायतले विमोचन गरे।

लोकार्पण गरिएको गीति संग्रह ’चुपचाप मन पराएँ’ मा लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड भएका सात वटा गीतहरु समावेश गरिएका छन्। एल्बममा समावेश गीतहरुमा राजेशपायल राई, प्रमोद खरेल, शिव परियार, प्रविण बेडवाल, निशान भट्टराई, मेलिना राई तथा रचना रिमाल जस्ता लोकप्रिय गायक–गायिकाहरुको स्वर छ ।

Hardik ivf

यी गीतहरुमा संगीतकार किर्ति न्यौपाने ९दिवाकर शर्मा० द्वारा संगीतबद्ध छ वटा गीतहरु समावेश गरिएका छन् भने एउटा गीतमा सरोज कोइरालाको संगीत निर्देशन छ ।

एल्बममा समावेश गीतहरुलाई पुरुषोत्तम सुवेदी, विकास सुनार, राजु कार्की तथा बिनोद भुजेलको संगीत संयोजन छ। यी गीतहरु प्रज्ञा स्टुडियो (रेकर्डिष्ट शम्भु तण्डुकार) तथा फाइन ट्यून (रेकर्डिष्ट पुष्कर खत्री) मा रेकर्ड गरिएका हुन्।

एल्बममा समावेश गीतका म्युजिक भिडियोहरु पनि तयार पारिएका छन्। ती भिडियोहरुलाई नवल नेपाल, कृष्णदेव रुपाखेती, हेमप्रभास अधिकारी, बिनोद बम, ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन्।

समारोहमा एल्बममा समावेश सात वटै गीतका म्युजिक भिडियोका अंशहरु प्रदर्शन गरियो।

एल्बममा समावेश मदनकृष्ण श्रेष्ठको स्वरको ‘मायाँ रोपे माया फल्छ’ बोलको गीतको म्युजिक भिडियोमा मदनकृष्ण आफैँले अभिनय गरेका छन् भने कृष्णदेव रुपाखेतीले यसलाई निर्देशन गरेका छन्।

संग्रहको शीर्षक गीत ‘चुपचाप मन पराएँ’ मा भने गायक प्रमोद खरेलको स्वर छ भने यसको भिडियोलाई ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् । रोहित बस्नेत तथा एन्जेला बानियाले यो गीतको भिडियोमा अभिनय गरेका छन् ।

‘ज्योतिषीले भनेको’ गीतमा निशान भट्टराई तथा मेलिना राईको स्वर तथा कृति न्यौपानेको संगीत छ । बिनोद बमले यसको भिडियो निर्देशन गरेका छन् । ‘समयले जुरायो’ गीतमा शिव परिवारको स्वर तथा सरोज कोइरालाको संगीत छ । यो गीतको भिडियोलाई फिल्म निर्देशक नवल नेपालले निर्देशन गरेका छन् । ‘प्रेमको भाषा’ बोलको गीतमा कृति न्यौपानेको संगीत तथा गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ ।

प्रकाशित मिति: १५:०९ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्