Kathmandu Press

भारतबाट बढेर आयो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य, ग्याँसको घट्यो

नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा, डिजेलमा ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ।
भारतबाट बढेर आयो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य, ग्याँसको घट्यो

काठमाडौं, साउन १६ : भारतले पेट्रोलियम पदार्थको मूख्य बढाएर पठाएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्यसूचीमा डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएर पठाएको हो । यस्तै, खाना बनाउने ग्यासको मूल्य भने घटेर आएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा, डिजेलमा ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ। यस्तै, मट्टितेलमा ७ रुपैयाँ ५० पैसा र हवाई इन्धन ८ रुपैयाँ बढेर आएको छ।

निगमका अनुसार एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब एक सय रुपैयाँ घटेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले पनि प्रशोधित तेलको मूल्य बढेको हो।

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेकाले अब डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्दा खाना पकाउने ग्यासको मूल्य घट्ने छ। आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँछ।

 

 

प्रकाशित मिति: १४:४० बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्