Kathmandu Press

एमाले आज पनि संसद् अवरोध गर्ने

कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमाले नेताहरूले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार नहुञ्जेल संसद चल्न नदिने अडान राखेका हुन्।
एमाले आज पनि संसद् अवरोध गर्ने

काठमाडौं, १६ साउन : प्रमुख प्रतिपक्षी नेकपा एमालेले मंगलवार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने तयारी गरेको छ।

एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार नहुञ्जेल संसद चल्न नदिने अडान राखेको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडि डाकेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेका नेताले उक्त भनाई राखेका हुन्।

संसद्को अवरोध खुलाउन सभामुख घिमिरेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसँग टेलिफोन संवाद गरेका थिए।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको एक क्विन्टल सुन प्रकरणमा एमालेले गृहमन्त्रीको राजिनामा माग्दै आएको छ।

गत साउन १० गतेदेखि लगातार प्रतिनिधि सभाको बैठक अबरुद्ध छ। बैठक आज १ बजेका लागि बोलाइएको थियो, तर साढे २ हुँदा पनि बैठक सुरु हुन सकेको छैन्।

 

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्