Kathmandu Press

सभामुखलाई राजीनामा गराएर दाबी पेश गर्ने गठबन्धनको तयारी

उनले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।
सभामुखलाई राजीनामा गराएर दाबी पेश गर्ने गठबन्धनको तयारी

काठमाडौं, साउन १६ : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका दिएको समय सीमा आज समाप्त हुँदैछ।

उनले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।

कोशीमा अहिले गठबन्धन दलतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका चार र जसपा नेपालका एक गरी ४७ सांसद् छन्। गठबन्धन इतरतर्फ नेकपा एमालेका ४० र राप्रपाका छ जना गरी ४६ सांसद् छन्।

कूल ९३ सदस्यमा बहुमत पु¥याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्ने भएकाले आजै सभामुख बाबुराम गौतमले राजीनामा दिने र त्यसपछि दलमा समाहित भई ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने योजनाअनुसार छलफल एवं परामर्श भइरहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए।

उनले हाम्रो गठबन्धनमा कुनै समस्या नरहेको र कानुनसम्मत नै प्रक्रिया पूरा गरेर दाबी पेस गर्ने योजना रहेको र प्रदेश प्रमुखबाट तोकिएकै समयसीमा दाबी पेस गरिने बताए।

भामुख गौतमले राजीनामा दिएर गठबन्धन दलको सरकार बने पनि विश्वासको मत पाउन कठिन छ। मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्छ । राप्रपाले समर्थन नगरेसम्म गठबन्धन दलबाट नियुक्त हुने मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको छ।

अहिले गठबन्धन दललाई सरकार निर्माणका लागि समर्थन नगर्ने अडानमा रहेका राप्रपाले विश्वासको मत नदिए ३० दिने सरकार मात्रै हुने र त्यसपछि प्रदेशसभाको सबभन्दा धेरै सदस्य भएका दल एमालेका नेता कार्की मुख्यमन्त्री नियुक्त हुने अवस्था आउने देखिएको हो।

सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङ्ले गठबन्धन दल कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निर्णय बिहीबार बदर गर्दै परमादेश जारी गरेपछि खापुङ्ले सरकार गठनका लागि आह्वान गरेका थिए।

प्रकाशित मिति: १३:३२ बजे, मंगलबार, साउन १६, २०८०