नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरू उच्च अदालतमा
तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पालगायत प्रतिवादीले निवेदन दिएका हुन्।
काठमाडौं, साउन १६ : नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध प्रतिवादीका तर्फबाट उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ।
तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका प्रतिवादीले निवेदन दिएका हुन्।
उक्त प्रकरणमा काठमाडौं जिल्ला अदालतले गत असार १ गते उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै संगठित अपराध एवम् ठगी भएको दाबीसहित जिल्ला सरकारी वकिल कार्यालयले भट्टराई, खाण र पाण्डेसहित ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो।
उनीहरुले उच्च अदालतमा दिएको निवेदनमा अर्को साता मुद्दाको पेशी तय भएको जनाइएको छ ।





