संवैधानिक परिषद्को बैठक ४ बजे बस्ने
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो।
काठमाडौं, साउन १६ : संवैधानिक परिषद्को बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबार बस्ने नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने विषयमा छलफलमा हुनेछ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो।
संवैधानिक परिषद्ले समयमै नियुक्तिको सिफारिस नगर्दा नेपालको न्यायालयमा सबैभन्दा कम समय ५० दिनका लागि प्रधानन्यायाधीश भएका कार्कीले अवकाश हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलनलाई पूरै पछ्याउन पाएनन्।
न्याय परिषद्ले हरिकृष्ण कार्कीको एक महिना पदावधि बाँकी भएकै दिन संवैधानिक परिषद्ले सर्वोच्चमा नियुक्तिका लागि योग्यता पुगेका न्यायाधीशहरूको सूची पठाएको थियो। जसमा एक नम्बरमा विश्वम्भरप्रसाद श्रेष्ठकाे नाम छ।
प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, साउन १६, २०८०
थप समाचार





