मन्त्री र उपसभामुख पाउने सहमतिपछि सुदूरपश्चिम सरकारमा जाँदै नागरिक उन्मुक्ति पार्टी
अब नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा कृषि मन्त्री र कृषी राज्यमन्त्री पाउने छ भने उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति प्रधानमन्त्री दाहालसँग भएको छ।
काठमाडौं, साउन १६ : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा मन्त्रीसँगै उपसभामुख पनि पाउने सहमति भएपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन तयार भएको हो। छलफलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरीलगायत सहभागी थिए।
साउन ८ मै सरकारमा सहभागी हुने तयारी गरेको नागरिक उन्मुक्ति अन्तिम समयमा भागवण्डा नमिलेको भन्दै सरकारमा गएको थिएन।
अब नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा कृषि मन्त्री र कृषी राज्यमन्त्री पाउने छ भने उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति प्रधानमन्त्री दाहालसँग भएको छ।
बुधबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको टुंगो लगाउने बताइएको छ। पार्टी बिहीबार सुदूरपश्चिम सरकारमा सहभागी हुने संरक्षक रेशमलाल चौधरीले बताएका छन्।





