Kathmandu Press

प्रधानमन्त्री निवसाअगाडि निर्माण व्यवसायीले तेर्साए डोजर

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर विरोध प्रदर्शन गरेका थिए।
प्रधानमन्त्री निवसाअगाडि निर्माण व्यवसायीले तेर्साए डोजर

काठमाडौं, साउन १६ : बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीहरुले प्रदर्शन गरेका छन्। निर्माण व्यवसायीहरुले प्रधानमन्त्री निवासअगाडि डोजर तेर्साएर प्रदर्शन गरेका हुन्।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए।

उनले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए। आन्दोलनमा उत्रिएको तेस्रो दित व्यवसायीले प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका हुन्।

nirwan1690867104.jpg

‘निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक हामी निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले गरोस् भनेर निषेधित क्षेत्रको मर्यादा राख्दै धर्ना गरेका हौँ,’ उनले भने ।

व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: १०:४० बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्