Kathmandu Press

अश्लिल हर्कत गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र मन्त्रालय हाजिर हुन निर्देशन

मन्त्रालयले सोमबार गोप्यरअति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निरौलालाई निर्देशन दिएको हो।
अश्लिल हर्कत गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र मन्त्रालय हाजिर हुन निर्देशन

काठमाडाैं, साउन १५ : अश्लिल हर्कत गर्ने झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ।

मन्त्रालयले सोमबार गोप्यरअति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निरौलालाई निर्देशन दिएको हो।

‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले निरौलालाई काटेको पत्रमा भनिएको छ।

शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि उनी विवादमा आएका थिए। नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए।

प्रकाशित मिति: १९:५३ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्