Kathmandu Press

‘अहिले रासायनिक मल अभाव छैन, वितरणमा समस्या हुनसक्छ’

संघीय सरकारले आयात गरेर वितरणको जिम्मा स्थानीय तह दिएको बताउँदै उलने स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने गरेको उल्लेख गरे।
‘अहिले रासायनिक मल अभाव छैन, वितरणमा समस्या हुनसक्छ’

काठमाडौं, साउन १५ : कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन्।

अर्थ समितिको सोमबारको बैठकमा मन्त्री भुसालले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताए। ‘अहिले २८४ मेट्रिक टन मल मौज्दात छ, गत वर्षजस्तो यस वर्ष अभाव छैन,’ मन्त्री भुसाल भने।

संघीय सरकारले आयात गरेर वितरणको जिम्मा स्थानीय तह दिएको बताउँदै उलने स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने गरेको उल्लेख गरे।

मन्त्री भुसाालका अनुसार गत आर्थिक वर्ष २०७९र८० मा मल खरिद गर्न सरकारले कुल ३८ अर्ब बजेट विनियोजन गरेकामा ३३ अर्ब बराबरको मल आपूर्ति गरेको थियो।    

चालु आवका लागि ३० अर्ब बजेट विनियोजन भएको मन्त्री भुसालले जानकारी दिए। गत आवमा खरिद भएको २५ हजार मेट्रिकटनबाहेक सबै नेपाल मन नेपाल भित्रिसकेको बताए।

चालु वर्षको आगामी पुससम्म चाहिने मलका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै मन्त्री भुसालले सरकारले ल्याउने मल गुणस्तरीय रहेको दाबी गरे।

समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको जिकिर गर्दै उनले यसको प्रमुख कारण स्थानीय सरकारले  समयमा बजेट नपाउनु पनि रहेको बताए। ‘समयमा मल नआउनुको मुख्य कारण समयमा बजेट नपाउनु हो। मल आयात गर्न कम्तीमा दुई सय २७ दिन लाग्दो रहेछ,’ उनले भने, ‘यति लामो समय लाग्ने खरिद र ढुवानी प्रक्रियाका लागि समयमा बजेट पाइएन भने समस्या हुन्छ।’

विश्वका धेरैजसो मुलुकले रासायनिक मल प्रतिस्थापन गरेर जैविक तथा प्राङ्गारिक मलसहित प्राकृतिक कृषि प्रणाली अबलम्बन गरिरहँदा नेपालले रासायनिक मल कारखाना खोल्ने वा नखोल्ने बारे स्पष्ट धारणा बनाउन सक्नुपर्ने कृषिमन्त्री भुसालको भनाइ छ।

 

प्रकाशित मिति: १८:२६ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्