Kathmandu Press

मधेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार

जनमत पार्टीका चन्दन सिंहले प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् नेपाली कांग्रेसका मोहम्मद समिमले गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मधेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार

धनुषा, साउन १५ : मधेश प्रदेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टी र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाउँदै पाँचौं पटक मन्त्रिपरिषद विस्तार गरेकाा हुन्।

जनमत पार्टीका चन्दन सिंहले प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् नेपाली कांग्रेसका मोहम्मद समिमले गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सिंह र यादव दुवैले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

सोमबार नै मधेश प्रदेश सरकारमा जनमत पार्टी विनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका थिए। उनीहरुकै स्थानमा जनमतले प्रमुख सचेतक सिंहलाई मन्त्री बनाएकोृ हो भने रञ्जु खंगलाई राज्यमन्त्री बनाउने तयारी जनमत पार्टीको छ।

गत जेठ ९ गते मुख्यमन्त्री यादवले कुशवाहा र यादवको मन्त्रालाई खेसेका थिए।

 

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्