‘राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य हो’
‘मुलुकमा स्थायी शान्ति स्थापना गर्नुपर्छ र आपसी द्वन्द्वलाई समाप्त पार्दै संघीय गणतन्त्रलाई सुदृढ गर्नुपर्छ,’ सभापति देउवाले भने।
काठमाडाैं, साउन १५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई स्थायी गराउनु सवैको कर्तव्य भएको बताएका छन्।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ नुवाकोटले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा देउवाले संविधानको सफल कार्यान्वयन गर्दै राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताए।
‘मुलुकमा स्थायी शान्ति स्थापना गर्नुपर्छ र आपसी द्वन्द्वलाई समाप्त पार्दै संघीय गणतन्त्रलाई सुदृढ गर्नुपर्छ,’ सभापति देउवाले भने।
उनले सबैको सहमतिमा निर्माणमा बनेको संविधानलाई स्थायी रुप दिन यसमा भएका कमकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे।
चियापान कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले व्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीलाई बलियो बनाउनु पर्ने बताए। कांग्रेस काम गर्ने पार्टी भएपनि प्रचारको अभावमा कांग्रेसले गरेका कामलाई जनमानसमा लान नसकिएको उनले बताए।
उनले सामाजिक सञ्जालमा एकअर्कालाई होच्चाउने काम बन्द गर्न आग्रह समेत गरे।











