Kathmandu Press

सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छु : वर्षमान पुन

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्बिरलाई लिएर अहिले आफ्नो नाम मुछ्नु आपत्तिजनक रहेको भन्दै सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारे।
सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छु : वर्षमान पुन

काठमाडाैं, साउन १५ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारेका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्बिरलाई लिएर अहिले आफ्नो नाम मुछ्नु आपत्तिजनक रहेको भन्दै सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारे। उनले सुन प्रकरणमा आफ्नो सहभागी भएजस्तो गरी प्रचार गरिएको भन्दै राज्यको जुनसुकै निकायले गर्ने छानबिनका लागि आफु तयार रहेको बताए।

सुन प्रकरण लगाएत कुनै पनि प्रकरणमा दोषी देखिए माओवादी वा अन्य कोहि व्यक्तिलाई छोड्न नहुने उहाले बताए। उनले पदाधिकारी बैठकमा पनि आफूले छानबिन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानबिन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

पुनले संसदीय समिति, न्यायीक समिति वा स्वतन्त्र छानविन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको बताए। फरक प्रसंगमा पुनले माओवादी नेताहरु एकतावद्ध भएर प्रधानमन्त्री र सरकारलाई सहयोग गरिरहेको जिकिर गरे। 

प्रकाशित मिति: १७:१७ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्