राजनीतिलाई दूषित पार्नुहुँदैन : ओली
सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दुषित गर्न नहुने बताएका हुन्।
काठमाडाैं, साउन १५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दूषित गर्न नहुने बताएका छन्।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दुषित गर्न नहुने बताएका हुन्।
राजनीतिमा लागेका केहि व्यक्ति खराव हुन सक्ने भएपनि समग्र राजनीतिलाई नै खराब भन्न नमिल्ने उहाले बताउनुभयो । ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न द्रुत गतिले अघि बढ्नुपर्ने र समाजको बिकास गर्नुपर्ने जिकिर गरे।
उनले अव मुलुकमा ३३ प्रतिशत महिला सहभागिताको लडाई सकिएको र त्यसभन्दा बढि बढ्नुपर्ने उल्लेख गरे।
उनले अन्य धेरै विकासित देशहरुमा ३३ प्रतिशत सहभागीता पुराउन अझै बाँकी रहेको बताए।
प्रकाशित मिति: १६:३९ बजे, सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार