Kathmandu Press

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित, भाेलि १ बजे बस्ने

यसअघि बसेको संसद बैठक एमालेको अवरोधका कारण स्थगित भएको थियो। 
प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित, भाेलि १ बजे बस्ने

काठमाडाैं, साउन १५ : प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। 

सोमबार बोलाइएको बैठक भाेलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरि स्थगित भएको हो।

सुन तस्करी प्रकरणमा प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै आएको छ।

आफ्ना माग पुरा नभएसम्म सदन चल्न नदिने चेतावनीपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो । एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गरेपनि सत्तापक्ष भने यसमा सहमत नभएको बुझिएको छ।

यसअघि बसेको संसद बैठक पनि एमालेको अवरोधका कारण स्थगित भएको थियो। 

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्