Kathmandu Press

निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दर्ता 

मोरङ–२ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार विनोद भट्टराईले सोमबार रिट दायर गरेका हुन्।
निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दर्ता 

काठमाडौं, साउन १५ : चुनावको खर्च विवरण सार्वजनिक नगरेको बिषयमा उम्मेदवारहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय अवैध रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

मोरङ–२ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार विनोद भट्टराईले सोमबार रिट दायर गरेका हुन्। आफूले खर्च विवरण फेसबुकमार्फत सार्वजनिक गर्दा पनि आयोगले १५ हजार रुपैयाँ जरिवानाको निर्णय गरेको प्रश्न भट्टराईले उठाएका छन्।

रिटमा सुनुवाईका लागि मंगलबारको पेशी तय भएको छ। उनले उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय र त्यस अनुसार भएको पत्राचार बदर गर्न परमादेश माग गरेका छन्।

आयोगले गरेको जरिवानाको निर्णय खारेज गर्न माग राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदले पनि आइतवार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। 
 

प्रकाशित मिति: १३:५० बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्