रास्वपाका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिल्याे : रवि लामिछाने
सोमबार काठमाडौंमा रास्वपा सुदुरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विरुद्ध आवाज उठाएर रास्वपा अगाडी आएकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएको हुन्।
काठमाडाैं, साउन १५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन्।
सोमबार काठमाडौंमा रास्वपा सुदुरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विरुद्ध आवाज उठाएर रास्वपा अगाडी आएकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएको हुन्।
उनले रास्वपाको उपस्थीतिले पनि सदनदेखि सरकारसंग र बिभिन्न राजनीतिक दलहरुमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको दाबी गरे।
निर्वाचनमा जानु अगाडि रास्वपाले उठाएर मुद्दामा सरकारले साथ दिए आगामी निर्वाचनसम्म पार्टीका लागि पनि राम्रै हुने उहाले बताए।
लामिछानले आगामी चूनावसंग धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रीत गर्न आग्रह गरे। उनले पार्टी राजधानी केन्द्रित नभई गाँउबस्तीमा पुगेर संगठन विस्तार गर्ने जानकारी दिए।