Kathmandu Press

जरासम्मै पुगेर सुन तस्करीको अनुसन्धान गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले यस्तो बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
जरासम्मै पुगेर सुन तस्करीको अनुसन्धान गरिन्छ : प्रधानमन्त्री

काठमाडौं, साउन १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरासम्म पुगेर अनुसन्धान गर्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले यस्तो बताए हुन्। ‘सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गरिनेछ, अनुसन्धानको निष्कर्ष निकलेरै छाडिनेछ, कुनै हालतमा पछि हटिनेछैन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै ती नेताले भने।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्विन्टल सुन भन्सार जाँच भएर बाहिइसकेको अवस्थामा सिनामंगलबाट बरामद भएको थियो।

राजस्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको थियो। विभागले सुन तस्करीको अनुसन्धान गर्दै आएको छ। राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीकोसाथ लिएर अनुसन्धान अगाडि बढाएको हो। उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।

मुलुक विकासको बाधकका रुपमा रहेको भ्रष्टाचार, अनियमितता, कसिमन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पुर्‍याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताएको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले जानकारी दिए। 
 

प्रकाशित मिति: १३:१४ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्