Kathmandu Press

महेन्द्रेश्वर महादेवकाे मूर्तिमा रुद्राभिषेक (तस्बिरहरु)

हरेक वर्ष दुईपटक साउन १५ र महाशिवरात्रिका दिन उक्त मन्दिरको रुद्राभिषेक हुने गर्छ। यसपटक संयोगले सोमबार पनि परेको छ। आज साउने सोमबार पनि परेकाले विशेष पूजा झनै विशेष बनेको छ।
महेन्द्रेश्वर महादेवकाे मूर्तिमा रुद्राभिषेक (तस्बिरहरु)

काठमाडौं, साउन १७ : काठमाडौंको हनुमानढोकास्थित महेन्द्रेश्वर महादेव मन्दिरको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको आज (सोमबार) रुद्राभिषेक गरिएको छ।

हरेक वर्ष दुईपटक साउन १५ र महाशिवरात्रिका दिन उक्त मन्दिरको रुद्राभिषेक हुने गर्छ। यसपटक संयोगले सोमबार पनि परेको छ। आज साउने सोमबार पनि परेकाले विशेष पूजा झनै विशेष बनेको छ।

त्यहाँ रहेको महादेवको पूर्ण कदको मूर्तिलाई पञ्चामृतले स्नान गराई मूर्तिको रुद्राभिषेक गरिएको हो। उक्त मूर्ति १५ वर्षअघि प्रतिस्थापन गरिएको थियो। सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा पनि भक्तजनको घुइँचो लाग्ने गर्छ।

81690784817.jpg

51690784817.jpg

71690784816.jpg

41690784816.jpg

91690784815.jpg

21690784815.jpg

प्रकाशित मिति: १२:२० बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
प्रतिक्रिया दिनुहोस्