Kathmandu Press

मधेस प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले पार्टीको निर्देशनबमाेजिम राजीनामा दिएका हुन्।
मधेस प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम, साउन १५ : मन्त्रालय खोसेर बिनाविभागीय बनाइएका मधेस प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा एक मन्त्री र एक राज्य मन्त्री छन्।

जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले पार्टीको निर्देशनबमाेजिम राजीनामा दिएका हुन्।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई दिएका थिए। त्यतिबेलादेखि उनीहरू विभागीय बनेका थिए।

अब हुने मन्त्रिपरिषद् विस्तारमा जनमतले मन्त्रीमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीमा मन्जु खंगलाई पठाउने तयारी गरेको जनाइएकाे छ। आज मधेस सरकारले छैटौं पटक मन्त्रिपरिषद् विस्तारकाे तयारी गरेको छ।

गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्रीले अहिले आफैंसँग राखेका छन्।

प्रकाशित मिति: ११:५२ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्