रास्वपा प्रमुख सचेतकले भेटे प्रधानमन्त्री
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईबीच संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।
काठमाडौं, साउन १५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईबीच संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।
यस्तै, सचेतक परियारले संसदीय समितिको सभापति चयनका विषयमा पनि छलफल गरेका थिए। संसदमा नीति निर्माण गर्ने कुरामा ढिलाइ भइरहेको विषयमा परियारले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
यस्तै, प्रधानमन्त्री दाहालले सदन र संसदीय समितिलाई प्रभावकारी बनाउने गरी रास्वपालाई भूमिका खेल्न आग्रह गरेको बताइएको छ।
प्रकाशित मिति: ११:४४ बजे, सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











