संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको बताइएको छ।
काठमाडौं, साउन १५ : संसदमा देखिएको गतिरोध अन्त्यका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन्।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको बताइएको छ।
सुन तस्करी काण्डको छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएका छ। प्रतिनिधिसभाको बैठक आज १ बजेका लागि बोलाइएको छ।
प्रकाशित मिति: १०:४५ बजे, सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











