Kathmandu Press

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने छ । बैठकले यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, साउन १५ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने छ । बैठकले यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।

यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । 

प्रावधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको छ । यसैगरी, सचिवालय बैठकले पार्टीको महाधिवेसनको मिति तया गर्ने देखी रिक्त रहेका पदहरुमा पदपुर्ति गर्ने अजेन्डा पनि सचिवालय बैठकको रहेको जनाईएको छ । 

साथै, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीति, कार्यक्रम र कार्यदिशाका बारेमा पनि नयाँ ढंगले प्रस्ताव तयार पार्ने योजना सचिवालयको रहेको बुझिएको छ ।
 

प्रकाशित मिति: ०७:४७ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्