Kathmandu Press

माओवादी पदाधिकारी बैठक आज बस्दै

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा मा बस्नेछ । साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो । 
माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौ, साउन १५ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाइएको हो ।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा मा बस्नेछ । साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो । 

पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको हो । 

प्रकाशित मिति: ०७:२७ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्