Kathmandu Press

राप्रपालाई गठबन्धनको सहकार्यको प्रस्ताव

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले कोशीमा मात्रै नभएर सबैतिर सहकार्यको प्रस्ताव गरेका छन्।
राप्रपालाई गठबन्धनको सहकार्यको प्रस्ताव

काठमाडौं, साउन १४ : प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहकार्यको प्रस्ताव गरेका छन्।

आइतबार साँझ भएको कांग्रेसका सभापति शेरबहादुर देउवासहितको छलफलमा प्रधानमन्त्रीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ता सहकार्यको प्रस्ताव गरेको बताइएको छ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले कोशीमा मात्रै नभएर सबैतिर सहकार्यको प्रस्ताव गरेका छन्। लिङ्देनलाई प्रधानमन्त्री दाहालले कोशीको मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव गर्दै अन्य प्रदेशमा सरकारमा आउन प्रस्ताव गरेको बताइएको छ।

प्रधानमन्त्री दाहालको प्रस्तावमा लिङ्देनले राप्रपाले सत्तालाई हामीले प्राथमिकतामा राखेको जवाफ दिएको बताए।

प्रकाशित मिति: २०:३९ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्