Kathmandu Press

रुकुममा पहिरोले २ जनाको मृत्यु, १ जना घाइते

घाँस काट्न गएका स्थानीय ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय रकालीबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको हो।
रुकुममा पहिरोले २ जनाको मृत्यु, १ जना घाइते

रुकुम पश्चिम, साउन १४ : रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ बास्थलास्थित पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।

स्थानीय ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय रकालीबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको हो। घाँस काट्न उनीहरुको पहिरोले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरूसँगै रहेकी ४२ वर्षीया बलकुमारी खत्री भने घाइते भएकी छिन्। उनलाई उपचारका लािग स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको उहाँको भनाइ छ। तीनै जना करिब पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:४७ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्