Kathmandu Press

गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन आग्रह

समितिका सदस्य लक्ष्मी तिवारीले संस्था नवीकरणमा समस्या देखिएको र झन्झटिलो रहेको भन्दै परिषद्ले नवीकरणलाई सहज बनाउनुपर्ने र संस्थाहरूको अनुगमन तथा मूल्यांकन गर्नुपर्ने बताए। 
गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन आग्रह

संघीय संसद्, प्रतिनिधिसभाका सांसदहरूले गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन समाज कल्याण परिषद्लाई आग्रह गरेका छन्। 

प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले गैरसरकारी संस्थाको नवीकरण अत्यन्त झन्झटिलो भएको गुनासोहरू आइरहेको बताउँदै त्यसलाई अत्यन्त सहज बनाउन आग्रह गरेका हुन्। 

समितिका सदस्य लक्ष्मी तिवारीले संस्था नवीकरणमा समस्या देखिएको र झन्झटिलो रहेको भन्दै परिषद्ले नवीकरणलाई सहज बनाउनुपर्ने र संस्थाहरूको अनुगमन तथा मूल्यांकन गर्नुपर्ने बताए। 

सांसद कल्पना मियाँ कुसारीले अहिलेसम्म नेपालका सरकारी÷गैरसरकारी संस्थाहरूको अवस्थाबारे परिषद्ले अनुगमन गर्नुपर्नेमा जोड दिए। सांसद अनिता देवीले मधेस प्रदेशमा सरकारी/गैरसरकारी संस्थाहरूको क्रियाकलाप थाहा हुनुपर्ने बताए।

समिति सदस्य शान्ति विकले सरकारी/गैरसरकारी संस्थाहरूले विभिन्न दातृ निकायबाट पैसा लिएर कार्यक्रमहरू गरे तापनि लक्षित समुदायसम्म पुग्न नसकेको टिप्पणी गरे। 

समितिका अर्का सदस्य शान्ति श्रेष्ठले गैरसरकारी संस्थाले परियोजनामार्फत कार्यक्रम सम्पन्न गरेपछि परिषद्ले अनुगमन गर्नुपर्ने धारणा राखे। परिषद्द्वारा सञ्चालित भृकुटीमण्डपको छाप्रो ९हङ्कङ बजार० लाई थप सुधार गरेर व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो । 

सांसद सरस्वती बजिमयले परिषद्ले सीपमूलक कार्यक्रममा जोड दिनुपर्ने बताए। समिति सदस्य मञ्जु शर्मा अन्सारीले गैरसरकारी संस्थाहरू उपलब्धिहीन भएको बताए। सांसद हितबहादुर तामाङ, हर्कमाया विश्वकर्मा र सीताकुमारी रानाले परिषद्मा आबद्ध नभई सञ्चालित संस्थाका बारेमा समेत परिषद्ले अनुगमन गर्नुपर्नेमा जोड दिए। 

समितिका ज्येष्ठ सदस्य तथा समिति सभापति रोशनी कार्कीले समितिको अर्को बैठकमा परिषद्का अध्यक्ष तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र परिषद्का उपाध्याक्ष समेतलाई आमन्त्रण गरी छलफल गर्ने अझ बृहत् छलफल गर्ने जानकारी दिए। 

प्रकाशित मिति: १८:२० बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्