Kathmandu Press

अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ नगरे आन्दोलन गर्ने तामाङ घेदुङकाे चेतावनी

पाण्डेको अभिव्यक्ति आफैमा गैरजिम्मेवारपूर्ण तथा शान्तिपूर्वक चलिरहेको सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पुराउने किसिमको रहेको घेदुङको भनाइ छ।
अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ नगरे आन्दोलन गर्ने तामाङ घेदुङकाे चेतावनी

काठमाडाैं, साउन १४ : नेपाल तामाङ घेदुङले विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई तत्काल पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ घेदुङले पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृति समाजको सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको भन्दै तत्काल पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो।

पाण्डेको अभिव्यक्ति आफैमा गैरजिम्मेवारपूर्ण तथा शान्तिपूर्वक चलिरहेको सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पुराउने किसिमको रहेको घेदुङको भनाइ छ।

पाण्डे विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएकोमा अहिलेसम्म पक्राउ नगरिएकोमा मर्माहत तुलाएको भन्दै तत्काल पक्राउ नगरे आन्दोलन गर्ने नेपाल तामाङ घेदुङका महासचिव काजिमान थिङ तामाङले बताए।

तामाङ घेदुङले भगवती पाण्डेको अभिव्यक्तिबाट सिर्जित घटनाक्रम नितान्त निज व्यक्ति र उसको अभिव्यक्तिसंग सम्बन्धीत भएकाले कुनै जाति, समुदाय, लिंग र वर्ग लक्षित नभएको स्पष्ट पारेको छ।

प्रकाशित मिति: १७:४८ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्