संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने तयारी

काठमाडौं, साउन १४ : संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न उक्त बैठक बोलाउने तयारी गरेकाे जनाइएकाे छ।
बैठक बोलाउने विषयमा आज (आइतबार) बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो ।
भेटमा ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधानबमोजिम एक महिनाअघि नै किन नराखिएएको भनी असन्तुष्टि व्यक्त गरेका थिए।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदैछ। त्यसको एक महिनाअगाडि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि त्यसो हुन सकेन।
प्रकाशित मिति: १७:३० बजे, आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











