सर्वोच्चमा पूर्ण स्वचालित प्रणालीमार्फत पेसी ताेक्न नेपाल बारकाे माग
बारले आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आग्रह गरेको छ।
काठमाडौं, साउन १४ : नेपाल बार एशोसिएसनले पूर्ण स्वचालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ।
बारले आइतबार एक विज्ञप्ति निकालेर उक्त ध्यानाकर्षण गराएको हो। बारले आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आग्रह गरेको छ।
बारले सर्वोच्चको फुल कोर्टले स्वामित्व लिएर प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न माग गरेको छ। यस्तै, नयाँ प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि समेत कार्कीको ध्यानाकर्षण गराएको छ।
कार्की सर्वोच्चको न्यायाधीश रहँदा बनेको समितिले न्यायापालिकामा हुनसक्ने विकृति, अनियमितता र भ्रष्टचार तथा त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायबारे सुझाव दिएको थियो।
प्रकाशित मिति: १७:०७ बजे, आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











