Kathmandu Press

बझाङ घटनाका दोषीमाथि हदैसम्मको कारबाही दलित समुदायका अगुवाको माग

उनीहरूले वित्थडचीर गाउँपालिका वडा नं ७ स्यालढुङ्गाको बाहुनबस्ती नजिकै पुड्के ओखडाले बनाउँदै गरेको घर केही समूहले भत्काएको र उक्त घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन्। 
बझाङ घटनाका दोषीमाथि हदैसम्मको कारबाही दलित समुदायका अगुवाको माग

काठमाडौं, साउन १४ :  दलित समुदायका अगुवाले बझाङमा भएको घटनाप्रति दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन्। 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले वित्थडचीर गाउँपालिका वडा नं ७ स्यालढुङ्गाको बाहुनबस्ती नजिकै पुड्के ओखडाले बनाउँदै गरेको घर केही समूहले भत्काएको र उक्त घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन्। 

गत साउन १० गते स्थानीय कृष्ण जोशी, भवानी जोशी, कित्थे जोशीलगायत ४० भन्दा बढी गैरदलित बाहुन समुदायले बाहुनको घरमाथि दलितले घर बनाउन नमिल्ने भन्दै निर्माणाधीन घर भत्काइदिएका थिए। जातीय भेदभावजन्य गालीगलौज, कुटपिट र निर्माणाधीन घर भत्काउँदै उनीहरुले रु १२ लाख बराबरको चलअचल सम्पत्ति नष्ट गरिदिएको दलित अगुवाको दाबी छ। 

त्यसैगरी कैलालीको गैरीगङ्गा नगरपालिका–७ की सरस्वती खड्का र गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्माले अन्तरजातीय विवाह गर्दा भोग्नुपरेको पीडाबारे पनि दलित अगुवाहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

सोही अवसरमा पूर्वराज्यमन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य आशा विकले जातीय विभेदका कुनै पनि घटनालाई राजनीतिकरण गर्न नहुने बताए। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा दलित मुक्ति सङ्गठनका केन्द्रीय अध्यक्ष गणेश विकले सार्वजनिक जग्गामा घर बनाएको भनेर बझाङको उक्त घटनालाई तोडमोड गर्ने काम भइरहेको दाबी गए। 

संविधानसभाका सदस्य तथा नेकपा ९एमाले० का केन्द्रीय सदस्य अफिलाल ओखेडाले अझै पनि सिङ्गो दलित समुदाय विदेभले आक्रान्त रहेको बताए। जातीय विभेदका घटनामा संलग्न सबै व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ बमोजिम कडाभन्दा कडा कारबाही गर्न अगुवाहरुको माग छ।

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्