वैशाखयता धरानमा डेंगुबाट ८ जनाको मृत्यु

विराटनगर, साउन १४ : वैशाख अन्तिमदेखि प्रकोपकाे रूपमा बढ्न थालेयता धरानमा हालसम्म डेंगु संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।
धरानमा २ हजार ३ सय ५३ जनामा डेङ्गु पोजेटिभ देखिसकिएको उपमहानगरपालिका जनस्वास्थ्य शाखाले जनाएको छ। ३ हजार ९८१ जनाको परीक्षण गर्दा सो संख्यामा डेङ्गु सङ्क्रमण देखिएको शाखाले जनाएके छ। याे ५९ प्रतिशत हिस्सा हाे।
धरानको ११, १५, १७ र १८ नम्बर वडाामा डेंगुको प्रभाव ज्यादा देखिएको छ। संक्रमण बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेङ्गुका लागि छुट्टै क्लनिक र छुट्टै वार्ड सञ्चालनमा ल्याइएको छ।
‘सर्च एन्ड डिस्ट्रोय’ अभियानमा धरानमा २४० वटै टोल विकास संस्था परिचालन गरिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले बताए।
प्रकाशित मिति: १६:१२ बजे, आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











