Kathmandu Press

सारुक ताम्राकारको मोबाइलमा भेटियाे ‘सुसाइड नोट’, कसैलाई दाेषाराेपण नगर्न आग्रह

उनले मृत्यु हुनुअघि उक्त नोट लेखेको र त्यसमा सबै गल्ती आफ्नै भएको र आफूलाई विवादमा नपार्न भनिएको प्रहरी स्रोतले बताएकाे छ।
सारुक ताम्राकारको मोबाइलमा भेटियाे ‘सुसाइड नोट’, कसैलाई दाेषाराेपण नगर्न आग्रह

काठमाडौं, साउन १४ : गत असार २१ गते रातोपुलस्थित घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ फेला परेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलमा ‘सुसाइड नोट’ फेला परेको हाे। उनले मृत्यु हुनुअघि उक्त नोट लेखेको र त्यसमा सबै गल्ती आफ्नै भएको र आफूलाई विवादमा नपार्न भनिएको प्रहरी स्रोतले बताएकाे छ। करिब एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई सम्झिएको बताइएको छ।

Hardik ivf

नोटमा कसैलाई दाेषाराेपण नगरिएकाे बताइएको छ। ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नू। यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो। लेट मी रेस्ट इन पिस, धन्यवाद,’ उनको नोटमा लेखिएको कुरा उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो।

उनी मृत भेटिएपछि त्यसलाई लिएर अनेकन् प्रश्नहरु उठेका थिए। ताम्राकारकी साथी एवं २०११ की मिस नेपालसमेत रहेकी मलिना जोशीले उनले के कारणले आत्महत्या गरेका हुन् भन्दै सामाजिक सञ्जालमा केही प्रश्नहरु उठाएपछि चलचित्र जगत तरंगित भएको थियो। एक नायिकालाई जोडेर आत्महत्या दुरुत्साहन मुद्दा चलाउनुपर्ने आवाजसमेत उठेको थियो।

सो विषयमा अनेक आकलन भइरहेका बेला नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकालेर ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरु बाहिर आएकाले त्यसबारे छानबिन गर्न माग गरेको थियो। त्यसपछि प्रहरीले घटनाका विभिन्न काेणहरुबाट अनुसन्धान गरिरहेको थियो।

सुसाइड नोट भेटिएसँगै कलाकार सारुक ताम्राकारको आत्महत्या प्रकरण टुंगिएकाे बताइएकाे छ।

प्रकाशित मिति: १४:४५ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्