Kathmandu Press

कृषि क्षेत्र पनि कानुनअनुसार नै चल्नुपर्ने भएकाले ऐन आवश्यक : मन्त्री भुसाल

खाद्यका लागि कृषि अभियानले आइतबार काठमाडौंमा आयोजना गरेको एकीकृत कृषि ऐनको आवश्यकताबारे प्रारम्भीक छलफल कार्यक्रममा मन्त्री भुसालले कृषि सम्बन्धी ऐनलाई सरोकारवालासंगको छलफलपछि मन्त्रिपरिषदमा पेस गर्ने पनि बताए।
कृषि क्षेत्र पनि कानुनअनुसार नै चल्नुपर्ने भएकाले ऐन आवश्यक : मन्त्री भुसाल

काठमाडाैं, साउन १५ : कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्र पनि कानुनअनुसार नै चल्नुपर्ने भएकाले कृषि सम्बन्धी ऐन आवश्यक रहेको बताएका छन्।

खाद्यका लागि कृषि अभियानले आइतबार काठमाडौंमा आयोजना गरेको एकीकृत कृषि ऐनको आवश्यकताबारे प्रारम्भीक छलफल कार्यक्रममा मन्त्री भुसालले कृषि सम्बन्धी ऐनलाई सरोकारवालासंगको छलफलपछि मन्त्रिपरिषदमा पेस गर्ने पनि बताए।

उनले कृषि क्षेत्र जिवनपद्धतीसँग जोडिएकाले यसलाई व्यवस्थित गर्न सरकार प्रतिबद्धत रहेको बताए। अहिले प्रस्तावित ऐनको मस्यौदा छलफलका लागि प्रदेशमा पठाइएकाले आवश्यक सुझावलाई ग्रहण गर्ने उनले बताए।

छलफलमा सहभागीहरुले कृषि क्षेत्रमा देखिएका बिभिन्न समस्या समाधानका लागि आवश्यक कानूनी व्यवस्था गर्न सुझाव दिएका थिए। 

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्