Kathmandu Press

कोशी प्रदेश सरकारको नेतृत्वमा माओवादी केन्द्रको दाबी 

आइतबार बालुवाटारमा सत्ता गठबन्धन बैठकमा सामेल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीच कोशीमा सरकार गठनबारे छलफल भएको थियो।
कोशी प्रदेश सरकारको नेतृत्वमा माओवादी केन्द्रको दाबी 

काठमाडौं, साउन १४ : सत्ता गठबन्धनको नेतृत्व गरेको माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसलापछि कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ। कोशी प्रदेशबाट काठमाडौं आएका माओवादीका नेताहरुले सत्ता गठबन्धन बैठकमा यस्तो माग गरेका हुन्। 

आइतबार बालुवाटारमा सत्ता गठबन्धन वैठकमा सामेल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीच कोशीमा सरकार गठनबारे छलफल भएको थियो।

उक्त छलफलमा माओवादी केन्द्रका तर्फबाट पनि मुख्य मन्त्रीका लागि दाबी गरेको हो। छलफलमा कोशीका संसदीय दलका नेताहरु पनि थिए। कांग्रेस संसदीय दलका नेता थापाले पनि मुख्यमन्त्रीको दाबी गरिरहेका छन्। सरकार गठनका लागि एमालेको पनि दाबी कायम छ। 

गत ११ साउनमा सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्न आदेश दिएको थियो। सरकार गठनका लागि सभामुख बाबुराम गौतमको हस्ताक्षर रहेको विवादलाई लिएर कोेशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मत कार्कीद्वारा सर्वोच्चमा दायर भएको रिटमा थापाको नियुक्ति बदर गर्दै साउन १७ गतेभित्रअर्को सरकार गठन गर्न परमादेश दिएको थियो। सोही फैसला वमोजिम प्रदेश प्रमुखले १६ गते अपराह्न ५ बजेसम्म दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन्।
 

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्