Kathmandu Press

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
फाइल तस्बिर

काठमाडौं, साउन १४ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

दाहाललाई भेट्न ओली आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। प्रधानमन्त्री दाहालले बोलाएपछि ओली भेटका लागि बालुवाटार पुगेका बताइएको छ।

भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको भनिए पनि कोशी प्रदेशमा नयाँ सरकार गठन र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिका लागि तयारी भइरहेको बेला भएको सो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

बालुवाटार स्रोतका अनुसार संवैधानिक परिषद्को बैठक बोलाउनेबारे छलफल, प्रधानन्यायाधीश सिफारिसलगायत विषयमा उनीहरूले छलफलगरेको थिए। संसद् अवरोध खुलाउनेबारे पनि छलफल भएको बताइएको छ।

प्रकाशित मिति: १३:२० बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्