महोत्तरीमा पाेखरीमा डुबेर दुई बालिकाको ज्यान गयाे
महोत्तरीकाे सोनमा गाउँपालिकास्थित पोखरीमा डुबेर सर्लाहीको गोडइता नगरपालिका-९ बस्ने महेश मलिक डोमका चार वर्षीया छोरी चञ्चला कुमारी र भारत बिहारको सीतामढी रामनगरका रामभजन मलिक डोमकी पाँच वर्षीया छोरी अर्चना कुमारीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ।
जनकपुरधाम, साउन १४ : महोत्तरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ।
महोत्तरीकाे सोनमा गाउँपालिकास्थित पोखरीमा डुबेर सर्लाहीको गोडइता नगरपालिका-९ बस्ने महेश मलिक डोमका चार वर्षीया छोरी चञ्चला कुमारी र भारत बिहारको सीतामढी रामनगरका रामभजन मलिक डोमकी पाँच वर्षीया छोरी अर्चना कुमारीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ।
मावली गाउँ सोनमा-५ खैरबनी आएका दुवै बालिकाको शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सम्पर्कविहीन भएपछि उनीहरूकाे खोजी गरिएको र त्यसक्रममा घरकै सामुन्ने रहेको रामविनय यादवको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीकाे भनाइ छ।
दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ।
प्रकाशित मिति: १२:४९ बजे, आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार