Kathmandu Press

एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने

मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने

काठमाडौं, साउन १४ : नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सोमबार बस्ने भएको छ।

मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

समाजवादीले साउन १६ देखि २१ गतेका लागि तय गरेको केन्द्रीय, पोलिटब्यूरो, र स्थानीय कमिटी बैठक तयारी नभएको भन्दै स्थगित गरिसकेको छ।

संगठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ।

पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा ‘इन्चार्ज’ पद रिक्त छन्।

बैठकमा जनसंगठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ ।

प्रकाशित मिति: ११:५७ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्